FAQs Complain Problems

संगठनात्मक स्वरुप

मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत रहेको जिल्ला कालीकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालीका र ६ ओटा गाउँपालीका रहेका छन् | ६ ओटा गाउँपालीका मध्ये महावै एक गाउँपालिका हो | यस जिल्लामा ३ नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् | ६ ओटा गाउँपालिका मध्ये  अक्षांश २९.०९७६०६६ र देशान्तर ८१.७५८७३०४ मा अवस्थित यस महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं  वडा, ओदानकु र गेला गा वि स मिलेर बनेको छ । यस गाउँपालिकामा हाल जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कार्यालय वडा न‌ं. १ मा अवस्थित छ । वि.सं. २०६८ सालकाे जनगणाना अनुसार यस गाउँपालिकाको  जम्मा जनसंख्या ८३२३ रहेकाे छ र यस गाउँपालिकाले जम्मा ३२२.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ l यस गाउँपालिका मा जम्मा १८ वटा विद्यालयहरु रहेका छन् । यस गाउँपालिकामा हाल सम्म पनि मोटर बाटाेको  विकास भएको छैन । यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्र जस्तै महावु लेक, स्याउ फार्म, नदी, हिमाल, वनजंगल र विश्वकै दुर्लभ जीव रेडपाण्डा पाइने  भएता पनि मोटर बाटोको अभावका कारण समस्त पर्यटकीय क्षेत्र ओझेलमा परेकाे छ । यहाँको यातायात पूर्वधारमा गोरेटो बाटो एक मात्र विकल्पकाे रुपमा रहेकाे छ । यस गाँउ पालिका मा जम्मा ५ वटा स्वास्थ्य केन्द्र रहेका छन र यस गाउँपालिकाले एम. वि. वि. एस. डक्टर र ल्याव