महावै गाउँपालिको नक्सा
सूचना
नागरिक वडापत्र
सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयबाट प्रदान गरिने सुविधाबारे सुसूचित गर्न र कार्यालयका काममा पारदर्शिता ल्याई सुशासन कायम गर्न प्रत्येक सरकारी कार्यालयहरूमा नागरिक बडापत्र राखिएको हुन्छ। नागरिक बडापत्रले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराउँछ। यस्तै सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्य कक्षको विवरण, सेवा प्राप्त गर्न लाग्ने दस्तुर तथा अन्य रकम लाग्ने भएमा सोको विवरण र सेवा प्राप्त नभए वा ढिलाइ भएमा उजुर गर्ने ठाउँको बारे नागरिक बडापत्रमा उल्लेख गरिएको हुन्छ ।नागरिक बडापत्रलाई नागरिकको अधिकारपत्र पनि भन्ने गरिएको छ। यसले सार्वजनिक निकायहरूबाट सर्वसुलभ एवं प्रभावकारी रूपले सेवा प्राप्त गर्नका लागि नागरिकहरूलाई सघाउ पुर्याउँछ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    